aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

राजनीति सेवा हो, व्यापार होइनः राप्रपा अध्यक्ष लिङ्देन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
राजनीति सेवा हो, व्यापार होइनः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र  यसलाई पेशा  व्यपार बनाउँन नहुने बताएका छन् । झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाएका हुन् । उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृत्वमा  पुर्याउनु पर्ने बताए । 

प्रतिक्रिया दिनुहोस