aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पीसीआर टेष्टको मूल्य कहाँ कति पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
पीसीआर टेष्टको मूल्य कहाँ कति पर्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै हिजो बुधबारबाटै कार्यान्वयनमा आइसकेको स्पष्ट पारे।

यो निर्णय आगामी दुई महिनासम्म मात्र लागू गर्ने सहमति भएको थापाको भनाइ थियो । उनले भने– ‘हामीले दुई महिनापछि पुनर्विचार गर्ने गरी सहमति गरेका हौं, मन्त्रालयले सोहीअनुसार निर्णय गर्नेछ ।’

सोमबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा गठित समितिसँग वार्ता भएपछि समितिले मंगलबार सहमति गरेर लागू गरेको हो । पीसीआर शुल्क बढी लिएको सर्वत्र विरोध भएपछि मन्त्रालयले शुल्क घटाउन समिति गठन गरेको थियो । 

समितिको पहिलो बैठकबाटै शुःल्क घटाउने निर्णय गरेको हो । सरकारीमा पीसीआर गर्दा २ सय र निजीमा ५ सय रुपियाँ घटाइएको छ । मूल्य घटाएसँगै बुधबारबाट सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण शुरू गरिएको थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस