aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

२ कोठाको फ्ल्याटमा बस्ने रतन टाटाका भाईको हुन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ माघ २०७८
२ कोठाको फ्ल्याटमा बस्ने रतन टाटाका भाईको हुन् ?

एजेन्सी। भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको परिचय दिइरहनु नपर्ला तर  रतन टाटाका कान्छा भाई जिमी टाटाको बारेमा तपाईंलाई सायदै थाहा नहोला । मुम्बईको कोलाबामा बस्ने रतन टाटाका भाई जिमी टाटा सधैँ चर्चाबाट टाढा रहन्छन्। उनी यति सादा जीवन बिताउँछन् कि उनी भारतको कोलाबामा दुई कोठाको फ्ल्याटमा बस्दै आएका छन्। मिडियाबाट टाढा भएका कारण उनको बारेमा मानिसहरूलाई कमै थाहा छ ।

रतन टाटा  जस्तै जिमी टाटा पनि एक एक अविवाहित हुन्।  उद्योगपति हर्ष गोयलले बुधवार ट्विट गर्दै रतन टाटाका भाईको बारेमा जानकारी दिएका छन् । उनले आफ्नो ट्विटमा जिमी टाटाको तस्बिर शेयर गर्दै उनले लेखेका छन्, ‘के तपाईलाई रतन टाटाका कान्छो भाई जिमी टाटाको बारेमा थाहा छ जो मुम्बईको कोलाबामा दुई बेडरूमको फ्ल्याटमा बस्छन्। व्यवसायमा उनको रुचि थिएन । उनी  राम्रो स्क्वैश खेलाडी हुनुहुन्थ्यो र मलाई हरेक पटक पिट्नुहुन्थ्यो।’

जिमी टाटा रतन टाटाका कान्छो भाई हुन् भने नोएल टाटा उनका सौतेनी भाई हुन्। जिमी टाटाले ९० को दशकमा सेवा निवृत्त हुनुअघि टाटा समूहका धेरै कम्पनीहरूमा काम गरेका थिए। उनी टाटा समूहका कम्पनीहरूमा शेयर होल्डर थिए  र रतन टाटा ट्रस्टका ट्रस्टी हुन्। । मिडिया रिपोर्टका अनुसार जिमीले आफूसँग मोबाइल पनि राख्दैनन् । उनी पत्रपत्रिकाबाट देश र विश्वका समाचारसँग अपडेट रहन्छन्  ।
 

प्रतिक्रिया दिनुहोस