
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठनको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले आज अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस