
काठमाडौं । देशका विभिन्न स्थानमा भूकम्पको धक्का महशुस गरिएको ५ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ। त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
काठमाडौंबाट पश्चिमतर्फ धादिङको नौबिसे केन्द्र भई भूकम्प भएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यववस्थापन इकाइले जनाएको छ।
भूकम्प स्थानीय समयानुसार ६ः३० मा गएको हो। धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
जमिनबाट करिब ५ किलोमिटर गहिराईमा भूकम्प गएको हो। २०७२ बैसाख १२ गते गएको विनाशकारी भूकम्पको ४ वर्ष पुरा हुने पूर्वसन्ध्यामा भूकम्प गएको हो। आजको भूकम्प सोही भूकम्पको पराकम्पन हुनसक्ने बताइएको छ। करिब २ सेकन्डसम्म भूकम्पको धका्का महसुस भएको थियो। यससम्बन्धी थप विवरण आउन बाँकि छ।
यी दुवै भौगर्भिक घटना चार वर्षअघि वैशाख १२ मा गोरखा केन्द्रविन्दु हुनेगरी गएको विनाशकारी भूकम्पको शृङ्खलाका परकम्प भएको बताइएको छ।
यसैबीच भारतको असम केन्द्रविन्दु हुनेगरी गएको बिहान दुई बजे गएको शक्तिशाली भूकम्प पनि नेपालमा मापन भएको छ। अमेरिकी भौगर्भिक संस्था यूएसजीएसका अनुसार सो भूकम्प ६.१ म्यागनिट्युको थियो।
प्रतिक्रिया दिनुहोस