aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

६ महिनामा ७४ अर्ब विदेशी ऋणको सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
६ महिनामा ७४ अर्ब विदेशी ऋणको सम्झौता

काठमाडौं । नेपालले गएको ६ महिनामा ७४ अर्ब वैदेशिक सहायता सम्झौता गरेको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्ट्रिय मुद्राकोषबाट ४७ अर्ब २० करोड ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एशियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता भएको बताए ।

चालु आर्थिक वर्षमा  ११ खर्ब ८० अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म पाँच खर्ब ७६ अर्ब २४ करोड राजश्व सङ्कलन भएको उनले आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए ।  प्रधानमन्त्रीले प्रदेश सरकारको सार्वजनिक खर्चतर्फ  १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ वार्षिक बजेटमध्ये पुस मसान्तसम्म पाँच खर्ब छ अर्ब ७८ करोड रुपैयाँ खर्च भएको जानकारी गराएका थिए ।

 रासायनिक मल खरिदका लागि  तीन अर्बको बजेट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याएको बताए । त्यस्तै, छ महिनामा एक लाख तीन हजार मेट्रिकटन रासायनिक मल वितरण भएको रासायनिक मल खरिद गर्ने निर्णय गरी मल आपूर्तिको प्रक्रिया अगाडि बढाउन आवश्यक पर्ने थप रु १३ अर्बको स्रोतको व्यवस्था गरेको बताए । 

सरकारले तोकेको मूल्यमा उखु किसानबाट उखु खरिद गर्न अनुदान बापत ८४ करोड रुपैयाँ रकम भुक्तानी गर्न तया। गरेको बताएका थिए । सम्बाधेनमै देउवाले मुद्रास्फिति (मूल्यवृद्धि) करिब ७.११ प्रतिशतको हाराहारीमा रहेको र करिब ६.८ महिनाको वस्तु तथा सेवाको आयात धान्नका लागि विदेशी मुद्राको सञ्चिति रहेको जानकारी दिँदै यस अवधिको पछिल्लो तीन महिनामा अर्थतन्त्रका बाह्य क्षेत्रमा केही दबाब पर्न गएता पनि सरकारले लिएका वित्त र मौद्रिक नीतिको कार्यान्वयनबाट सुधार गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस