aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय अर्बपति अनिल अम्बानीलाई अर्को झड्का, युद्धपोत बनाउने कम्पनी डुब्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
भारतीय अर्बपति अनिल अम्बानीलाई अर्को झड्का, युद्धपोत बनाउने कम्पनी डुब्यो

एजेन्सीहरु । युद्धपोत बनाउने कम्पनी लिलाम हुने भएपछि भारतीय अर्बपति अनिल अम्बानीलाई अर्को झड्का लागेको छ । रक्षा क्षेत्रमा काम गर्ने सो कम्पनीको वित्तीय अवस्था सार्वजनिक भएसँगै अब अम्बानीको आर्थिक अवस्था दयनीय हुने चर्चा शुरु भएको छ  । 
अम्बानीको रिलायन्स नेवल एन्ड इन्जिनियरिङमाथि ९ हजार करोड भारतीय रुपैयाँभन्दा बढी ऋणको भार छ  । यसले केही महिनादेखि ब्याजसमेत तिर्न नसकेको र सो कम्पनीद्वारा आईडीबीआई बैंकमा प्रस्तुत समाधान योजनासमेत इन्कार भएपछि अम्बानी तनाबमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन्  । 
भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार अब सो कम्पनीलाई लिलाममा लैजाने बाहेक अन्य विकल्प नरहेको निष्कर्षमा ऋण दिने बैंकहरु पुगेका छन्  । 
स्मरण रहोु्, रिलायन्सलाई कुल ३.८ लाख करोड रुपैयांको ऋण छ  । यो ऋण जम्मा ७० वटा खाताबाट प्रवाह भएका थिए  ।  यो ऋणको लागि रिजर्व बैकले ३० दिनको समय दिएको थियो  । त्यो समयमा ऋण असुलीको बलियो आधार फेला नपरेपछि कम्पनीहरुलाई लिलाममा राख्ने तयारीमा भारतीय बैंकहरु छन्  ।

 आर्थिक वर्ष २०१८र०१९ मा मात्र रिलायंस नेवललाई ९३९९ करोड़ रुपयाँ घाटा भएको थियो  । त्योभन्दा अघिल्लो वर्ष पनि यो कम्पनीले ४०६ करोड घाटा व्यहोरेको  थियो  । अम्बानीको यो कम्पनीसँग युद्ध पोत निर्माणको समेत लाइसेन्स छ  ।
 

प्रतिक्रिया दिनुहोस