
काठमाडौं । मानव बेचखिन अनुसन्धान ब्युरोमा चालु आर्थिक वर्षको ६ महिनामा मानव बेचविखन सम्बन्धी ८८ वटा मुद्दा दर्ता भएका छन् । ब्युरोको तथ्यांक अनुसार साउन महिनामा २० वटा मुद्दा दर्ता भएका छन् । जसमा पिडित महिलाको संख्या २७ रहेको छ भने पिडित पुरुषको संङख्या एक रहेको छ ।
ब्युरोका अनुसार भदौ महिनामा २५ वटा मुद्दा दर्ता भएका हुन् । जसमा महिला पीडितको संख्या २९ रहेको छ । असोजमा दर्ता भएका मुद्दा १८ वटा रहेका छन् । यसै महिना दर्ता भएका मुद्दामध्ये ३१ जना महिला र १ जना पुरुष गरी पिडितको संख्या ३२ रहेको छ ।
त्यस्तै कात्तिकमा दर्ता भएका ७ वटा मुद्दामा ९ जना महिला र २ जना पुरुष गरी ११ जना पीडित रहेका छन् । मंसिर महिनामा मानव बेचविखन सम्बन्धि १९ वटा मुद्दा दर्ता भएका हुन् । दर्ता भएका मुद्दाहरुमा १९ जना महिला र एक पुरुष गरी पीडितको संङख्या १० रहेको छ ।
ब्युरोका अनुसार मानव बेचविखन सम्बन्धी दर्ता भएका मुद्दाहरुमध्ये ७५ जना महिला र २३ पुरुष गरी ९८ जना पक्राउ परेका छन् भने ५१ जना पुरुप र २० महिला गरी ७१ जना अझै फरार रहेको ब्युरोले जनाएको छ ।
ब्युरोको तथ्यांक अनुसार गत तीन आर्थिक वर्षमा देशभरि मानव बेचविखन सम्बन्धीका ५२८ वटा मुद्दाहरु दर्ता भएका थिए । दर्ता भएका मुद्दाहरु पीडित पुरुषको सङख्या ८९ रहेको छ । उक्त तथ्याङक अनुसार सबैभन्दा पीडित महिलाहरु रहेका छन् । जसमा पीडित महिलाको संङख्या ६१८ रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा २५८ वटा मानव बेचविखन सम्बन्धिका मुद्दाहरु दर्ता भएका थिए । पिडित पुरुषको संङख्या ७१ रहेको छ भने महिला पीडितको संख्या ३१६ रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संङख्या ४०७ र महिलाको संङख्या ११७ रहेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा ब्युरोमा दर्ता १३६ वटा मुद्दाहरुमा पीडित पुरुषको सख्या १४ रहेको छ भने पीडित महिलाको सङख्या ११९ जना रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संङख्या २३३ र महिलाको संङख्या १०७ रहेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा मानव बेचविखन सम्बन्धीका २३४ वटा मुद्दाहरु दर्ता भएका थिए । उक्त मुद्दाहरुमा पिडित पुरुषको सख्या ४ रहेको छ भने पिडित महिलाको संख्या १८३ रहेको छ । दर्ता भएका उक्त मुद्दाहरुमा अभियुक्त पुरुषको संंख्या २०२ र महिलाको संङख्या ९५ रहेको छ ।
तीन आर्थिक वर्षमा दर्ता भएका ५२८ वटा मानव बेचविखन सम्बन्धीको मुद्दाहरुमध्ये उक्त घटनामा संलग्न रहेका ४८७ जना पुरुष र २०६ जना महिला पक्राउ परेका छन् भने ३५४ जना पुरुष र ११४ महिला अझै फरार रहेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७५÷७६ मा २५८ वटा मानव बेचविखन सम्बन्धिका मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका २४९ जना पुरुष र ८४ जना महिला पक्राउ परेका छन् भने १५७ जनापुरुष र ३४ महिला अझै फरार रहेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा ब्युरोमा १३६ वटा मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका १२७ जना पुरुष र ७१ जना महिला पक्राउ परेका छन् भने १०६ जना पुरुष र ३६ महिला अझै फरार रहेका छन् ।
त्यसैगरी, आर्थिक वर्ष २०७७÷७८ मा मानव बेचविखन सम्बन्धीका २३४ वटा मुद्दाहरु दर्ता भएका थिए । जसमध्ये बेचविखनमा संलग्न रहेका १११ जना पुरुष र ५१ जना महिला पक्राउ परेका छन् भने ९१ जना पुरुष र ४४ महिला अझै फरार रहेको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार श्रम शोषणबाट पिडित र जागिर लगाइदिन्छु भन्ने प्रलोभनमा परि बेचिन लागेका महिला तथा बालबालिकाहरुलाई देशका विभिन्न नाकाहरुबाट उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा २७ जना महिला १४ बालिका र एक बालक रहेका छन् ।
साउन महिनामा ६ जना महिला र ६ जना बालिका गरी १२ जनाको उद्धार गरेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार काकडभित्ता र धनुषा नगराई नाकाबाट भारतीय प्रहरी र नेपाल प्रहरीको सहायतामा २ जना बालिकाको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै विरगञ्ज र कावासोती नाकाबाट नेपाल प्रहरीको सहायतामा २० र २५ वर्षिय दुई महिला र १६ वर्ष र १७ वर्षका दुई बालिकाको उद्धार गरिएको छ । साउन महिनामै नेपालगञ्ज नाकाबाट नेपाल प्रहरीले १२ वर्षिय बालिकाको उद्धार गरेको थिया्े ।
त्यसैगरी साउन महिनामा नै भारत लादै गरेको २५ वर्षिय एक महिला र १५ वर्षिय बालिकाको नेपाल प्रहरीको सहायतामा उद्धार गरेको तथ्यांकमा उल्लेख छ । ब्युरोको तथ्यांक अनुसार साउन महिनामा नेपालगञ्ज नाकाबाट एक महिला, भारतबाट एक महिला र कण्ठपुर बलिया नाकाबाट १९ वर्षिय महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भदौ महिनामा भारत लैजादै गरेको एक महिला र एक बालिका, हेटौडा नाकाबाट एक महिला, बिरगञ्ज भारत नाकाबाट छ जना महिला र १८ वर्षिय १ बालिका, अर्घाखाँचीको होटलबाट ४ महिला, कैलाली लम्कीबाट एक महिला र महेन्द्रनगरबाट १६ वर्षिय एक बालिकालाई नेपाल प्रहरी, आफन्त नेपाल र शान्ति पुनस्र्थापना गुहको सहायतामा उद्धार गरिएको ब्यरोले जनाएको छ ।
ी
असोज महिनामा भारत गुणगाउबाट १६ वर्षिय बालिकालाई भारतीय र नेपाल प्रहरीले उद्धार गरेको थियोे । त्यस्तै जोगमनी नाकाबाट १४ वर्षिय बालिका, पोखरा मनकामना होटलबाट २ जना महिला, बिराटनगर ब्युरोबाट ४ महिला र एक बालक भारत नागढबाट १४ वर्षिय बालिका, भारत जमुना नाकाबाट १७ वर्षिय बालिका र पाँच महिलालाई नेपाल प्रहरीले उद्धार गरेको हो । त्यसैगरी मंसिर महिनामा चितवन ठोरीबाट १६ वर्षिय बालिकालाई नेपाल प्रहरी साना हातले उद्धार गरेको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस