
एजेन्सी । भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार भारत विश्वमा काँक्रोको सबैभन्दा ठूलो निर्यातकर्ता बनेको छ । भारतले अप्रिल–अक्टोबर (२०२०–२१) को अवधिमा ११४ मिलियन डलर मूल्यको काँक्रो निर्यात गरेको थियो ।
भारतले गत आर्थिक वर्षमा २० करोड डलर मूल्यको कृषि प्रशोधित उत्पादन ‘पिकलिङ कम्बर’ निर्यात गरेको थियो। वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०२०–२१ मा भारतले २२ करोड ३० लाख अमेरिकी डलर बराबरको काँक्रो निर्यात गरेको थियो ।
भारतमा १९९० को शुरुमा काक्राको खेती, प्रशोधन र निर्यात गन भारतकै कर्नाटकमा धेरै सानो मात्रामा सुरु गरेको थियो । त्यसपछि यो तमिलनाडु, आन्ध्र प्रदेश र तेलंगाना जस्ता दक्षिण भारतीय राज्यहरूमा विस्तार भयो । विश्वको कुल आवश्यकताको करिब १५ प्रतिशत भारतमा उत्पादन हुन्छ ।
भारती काँक्रो २० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । यसको अधिकांश निर्यात उत्तर अमेरिका, युरोपेली मुलुकका साथै अमेरिका, फ्रान्स, जर्मन अष्ट्रेलिया, स्पेन, दक्षिण कोरिया, क्यानडा, जापान, बेल्जियम, रुस, चीन, श्रीलंका र इजरायलमा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस