
एजेन्सी । साताको पहिलो दिन पनि शेयर बजारमा पनि उच्च गिरावटको क्रम जारी छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स सोमबार १९,०० अंकको गिरावट हुँदै ५७,१६४ मा पुगेको छ । जसका कारण लगानीकर्ताको १७.६ लाख करोड रुपैयाँ डुबेको छ ।
शेयर बजारमा गिरावटको यो क्रम पछिल्लो ५ दिनदेखि जारी छ । आज बजारमा आएको गिरावट ५ दिन यताकै सबैभन्दा ठूलो हो । मंगलबार ५५४, बुधबार ६५६, बिहीबार ६३४ र शुक्रबार ४२७ अंकले घटेको थियो । त्यस्तै, उता निफ्टी लगभग ६०० अंकले ज्ञठ,ण्द्दण् मा झरेको थियो ।
शुक्रबारको मार्केट क्याप २७० लाख करोड रुपैयाँ थियो, जुन आज बढेर २५९ लाख करोड रुपैयाँ पुगेको छ । बजाज फाइनान्स, टेक महिन्द्रा र विप्रोको शेयर ४–४ प्रतिशतले घटेको छ । टाटा स्टिल र टाइटन ४–४ प्रतिशतले घटेका छन् । मार्केट क्याप एक हप्तामा २१ लाख करोड रुपैयाँले घटेको छ ।
सेन्सेक्स आज १४ अंकले घटेर ५९,०२३ मा खुल्यो र यो पनि पहिलो घण्टामा यसको माथिल्लो स्तर हो । यसको न्यून ५७११७ थियो । सेन्सेक्सका सबै ३० स्टकहरू गिरावटमा छन् । एशियन पेन्ट्स, डा. रेड्डी, विप्रो र एचसीएल टेक शीर्ष घाटामा छन् ।
यस्तै, बजाज फाइनान्स, बजाज फिनसर्भ, टाटा स्टिल, टाइटन, कोटक बैंक, एचडीएफसी बैंक, अल्ट्राटेक सिमेन्ट, टीसीएस पनि घटेका छन् । सूचीकृत कम्पनीहरूको मार्केट क्याप २५९ लाख करोड रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस