
काठमाण्डौं । पुर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो उपचारपछि स्वदेश फर्किएका छन । सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फर्किनुभएका नेता पुनलाई सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्वागत गरेका थिए ।
स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका हुन ।
जन्डिसको समस्या आएपछि पुन गत असोजमा बैंकक गएका थिए । त्यहाँको उपचार प्रभावकारी नभएपछि पुनलाई चीन लगिएको थियो । चीनमा लामो समय उपचार पछि पूर्ण रुपमा स्वस्थ हुँदै नेता पुन सोमबार स्वदेश फर्किएका हुन ।
प्रतिक्रिया दिनुहोस