aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कामपाका नायव सुब्बा सोती अख्तियारकाे फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
कामपाका नायव सुब्बा सोती अख्तियारकाे फन्दामा

काठमाडौं । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोतीले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्यान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो ।

नायव सुब्बा (पाँचौं तह) सोतीले सेवाग्राहीसँग १ लाख ७ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान गर्दा सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत खर्च गर्ने गरी विनियोजन भएको रकम मध्ये बिल भरपाई सहित भुक्तानीको लागि पेश गरेको रकमको भ्याट बाहेकको रकमको पाँच प्रतिशत कमिशन मागेको खुलेको छ ।

आयोगले ५ प्रतिशत रकम बापत १ लाख ७ हजार घुसररिसवत माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि भएकोले निज नायव सुब्बा सोतीलाई बिगो १ लाख ७ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदिप कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस