aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
विद्यार्थी नेताको खातामा ३७ करोड ६४ लाख अवैध रकम फेला

काठमाडौं ।  कुनै व्यवसाय नगरी करोडौंको रकम एका एक बैंकको खातामा देखेपछि कैलालीका दिनेश खड्का राजस्व अनुसन्धानको फन्दामा परेका छन् । राजधानीको पशुपति क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका  खड्काको विभिन्न बैंकका खातामा करिब ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ अवैध रकम फेला परेको छ । 

खड्का सहित चार जनाले अनलाइनमार्फत डलरको अबैध कारोबार गरी राजश्व छलि गरेको आरोपमा काठमाडांैं जिल्ला अदालतमा राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । 

कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौँ कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र साथी अनिता धिताल बिरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ विगो सहित मुद्दा दायर गरेको छ ।  

मोबाइल एप्स ई स्क्रिल तथा बिनान्स जस्ता डिजिटल अवैध करेन्सीमा लगानी गर्नका लागि विदेशी बिनिमय अमेरिकी डलरको अबैध कारोबार  गरेको विभागले आफ्नो  अनुसन्धानबाट पुष्टी गरेको विभागले जारी गरेको विज्ञप्ति  जनाएको छ ।

दिनेशले इ–स्क्रिल, बिनान्स(क्रिप्टोकरेन्सी) मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ग्लोबल आइएमई बैंकबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१.७७ रुपैयाँ रहेको विभागले जनाएको छ ।

त्यस्तै, उनकी दिदी अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८ सय २६.५१ रुपैयाँ, भगतवी खड्काको एनआईसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ र  नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १ सय ६६.३५ रुपैयाँ अवैध रकम कारोबार गरेको विभागले जारी गरेको बिगोसहित मुद्दा उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस