aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित भएको जनाएको छ । 

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायका पहिलो, दोस्रो र  तेस्रो वर्षका परीक्षा गर्ने निर्णय गरेको हो । 

परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको हो । यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाट गर्ने तयारी भएको जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस