aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, १२ माघ २०७८
चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्का परेका यात्रुहरुको गुनासो संकलन गर्ने भएको छ । यसका लागि मन्त्रालयका सहसचिव होमनाथ लुइँटेल, उपसचिव टेकनारायण पौडेल र प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेको समिति गठन गरिएको छ ।

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात अलपत्र परेका व्यक्तिहरुलाई स्वदेश फर्काउन सहजीहरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रुले चार्टर्ड उडानको क्रममा बढी भाडा असुली गरेको गुनासो सार्वजनिक भएको थियो । सो विषयमा छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

पहिलो चरणको बन्दाबन्दी र सोपश्चात यात्रुहरु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडा भन्दा बढी लिएको गुनासो आएपछि यसअघि पनि छानबिन समिति गठन भएको थियो । मर्का परेका यात्रुले आधिकारिक कागजातसहित सात दिनभित्र निवेदन ईमेल गर्न समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस