aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

साउन १२ र १३ गते शैक्षिक मेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६

काठमाडौं । पाचौं व्यवस्थापन तथा आई.टि.शिक्षा, शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउन्डेसनले बानेश्वर स्थित हिरा वानक्वेट मा २०७६ श्रावण १२ र १३ गते शैक्षिक मेला आयोजना गर्ने भएको हो ।

 उक्त मेलामा एम्बिए,एम्विएस्, एम्एस्सी सिएस्आईटि, बिबिए, बिएस्आईटि, बिआईटि, बिआईएम्, बिएचएम लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरु सहभागि रहने आयोजकले जनाएको छ । 

शैक्षिक मेलामा ४४ स्टलहरु रहने छन् । दुई दिने मेला लगभग ४ हजार विद्यार्थीहरुको सहभागी रहने पाठशाला एजुकेसन फाउन्डेसनले अपेक्षा गरेको छ । नेपालमै व्यवस्थापन तथा आई.टि तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको आयोजकले जनाएको छ । 

यस बर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट पोखरा विश्वविद्यालय गरी ५ वटा नेपाली विश्वविद्यालयका कलेजहरु, २ वटा सि.ए. र १ अन्य अध्यापन गराउने संस्थाहरुको सहभागीहरुको सहभातिता रहने छ । त्यसै गरी ९ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा यु.के, मलेशिया, अमेरिका विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरुको सहभागी रहने आयोजकले जानकारी दिए । 

नेपाल व्यवस्थापन र आई.टि. शैक्षिक मेला २०७६ को टाइटल स्पोन्सर पाटन कलेज फर प्रोफेसनल स्टडिज र किंगस् कलेज इन एसोसियनमा रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस