aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

ब्लु डायमन्ड चोरीका कारण टुटेको सम्बन्ध जोड्दै दुई देश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
ब्लु डायमन्ड चोरीका कारण टुटेको सम्बन्ध जोड्दै दुई देश

एजेन्सी। साउदी अरबले हिरा चोरीको विषयलाई लिएर बढेको आपसी विवादलाई  बिर्सेर थाइल्यान्डसँगको सम्बन्ध पुनर्स्थापित गरेको छ । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले साउदी अरबको औपचारिक भ्रमणका क्रममा दुवै देशले यस्तो निर्णय गरेका हुन् ।

हिरा चोरीका कारण कुनै समय दुई देशबिचको सम्बन्ध टुटेको थियो । झन्डै ३० वर्षसम्म दुई देशबिच वार्ता भएन । तर अहिले दुवै फेरि मित्र बनेका छन् । यसअघि साउदी अरबले थाइल्यान्डले हिरा चोरेको र सम्बन्ध तोडेको आरोप लगाएको थियो  । तर, अहिले दुई देशबीच पुनः सम्झौता भएको छ । दुवैले पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुचारु गर्न निर्देशन दिँदै  गहना चोरीको घटनापछि उत्पन्न भएको तीन दशक पुरानो अविश्वास  र शत्रुता अन्त्य गर्ने निर्णय गरेको बताए ।

३० वर्षपछि भेट

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाको साउदी अरबको औपचारिक भ्रमणका क्रममा दुई देशले यस्तो निर्णय गरेका हुन् । सन् १९८९ मा भएको चोरीको घटनापछि सम्बन्ध बिग्रिएपछि दुई देशबिच उच्चस्तरीय बैठक भएको हो । चोरीको यो घटनापछि साउदी अरबले थाइल्यान्डसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । यही चोरीका कारण धेरै रहस्यमय हत्या भएका थिए  । यो घटनालाई ’ब्लु डायमन्ड केस’ भनिन्छ।

राजनीतिक सम्बन्ध बलियो बनाउन

शाही दरबारमा भएको भेटपछि आधिकारिक ‘साउदी प्रेस एजेन्सी’ले जारी गरेको विज्ञप्तिमा साउदी युवराज मोहम्मद बिन सलमानले प्रयुतसँग वार्ता गरेको र चोरीका कुरा बिर्सेर दुई देशबीचको आर्थिक, सुरक्षा र राजनीतिक सम्बन्धलाई मजबुत बनाउन सहमति भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दुई देशले ऊर्जा र पेट्रोकेमिकलदेखि पर्यटन र पर्यटनलगायतका विभिन्न क्षेत्रमा संयुक्त लगानीका अवसरहरू खोज्नेछन्।’ यसैबीचमा साउदी अरब एयरलाइन्सले मे महिनामा सायदीको रियाददेखि थाइल्याण्डको बैंककसम्म सिधा उडान सुरु गर्ने जनाएको छ ।

ब्लु डायमन्ड चोरीको घटना १९८९  मा भएको थियो। यस अवस्थामा एक थाई कर्मचारीले राजकुमार फैसल बिन फहदको दरबारबाट बहुमूल्य सामानहरू चोरेका थिए। यसमा ५० क्यारेटको नीलो हीरा पनि समावेश थियो। त्यसपछि कर्मचारी थाइल्यान्ड भागे र त्यहाँका एक गहना पसलेलाई बेचेका थिए। थाई प्रहरीले थाहा पाएपछि चोरीका अभियुक्तलाई पक्राउ गरी अधिकांश गहना बरामद गरेको थियो । त्यसपछि चोरी भएको सामान साउदी अरबमा फिर्ता गर्दा हराएको निलो डायमन्ड पनि समावेश थियो ।

प्रतिक्रिया दिनुहोस