
एजेन्सी। सूचना प्रविधि क्षेत्रको ठूलो कम्पनी गुगलले भारतीय टेलिकम एयरटेलमा एक अर्ब डलर लगानी गर्ने भएको छ । उक्त लगानीका लागि इक्विटीका साथै सम्भावित व्यावसायिक सम्झौताहरूको लागि कोष समावेश गरिने भएको छ। जसका लागि सम्झौताहरू अर्को पाँच वर्षमा आपसि सहमतिका आधारमा सर्तहरू बनाइने भएको छ ।
गुगलले यो लगानी गुगल फर इन्डिया डिजिटाइजेसन फण्डको हिस्साको रूपमा गर्न लागेको जनाएको छ । एयरटेलले जारी गरेको विज्ञप्तिका अनुसार भारतीय एयरटेलमा प्रति शेयर ७३४ रुपैयाँको मूल्यमा ७०० मिलियन डलरको इक्विटी लगानी गर्ने छ। जसमा कुल लगानीमध्ये ३० करोड अमेरिकी डलरको व्यवसायीक सम्झौता कार्यान्वयनका लागि हुने छ।
गुगलले भारतीय एयरटेलमा लगानी गर्ने खबर आएसँगै भारतीय एयरटेलको शेयरमा ठूलो उछाल आएको छ। जसका कारण एयरटेलको शेयर मूल्यमा २ प्रतिशतभन्दा बढीले बढेको छ ।
प्रतिक्रिया दिनुहोस