
नेपाल दूरसञ्चार प्राधिकरणले खारेजी नगर्नु भन्ने सर्वोच्च अदालतको अन्तरिम आदेश बिरुद्ध बिहीबार सर्वोच्चमा ‘भ्याकेट’ दर्ता गराएको छ ।
सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशको खारेजीको माग गर्दै अन्तरिम आदेशको खारेजीको माग गर्दै अन्तरिम फैसलामाथि पुनविचारको माग गरिनुलाई भ्याकेट भनिन्छ ।
खारेजीमा पर्न लागेको यूटीएलको एक पक्षीय सुनुवाईका आधारमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको भन्दै प्राधिकरणले सो आदेश खारेजीको माग गरेको हो । यूटीएलविरूद्घ दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्षको नाममा भ्याकेट दर्ता भएको सम्बन्धित अधिकारीले बताए ।
प्राधिकरणको कानून महाशाखाका एक अधिकारीका अनुसार भ्याकेट दर्ता गराए पनि सर्वोच्चले दुबै पक्षलाई बोलाउने मिति भने तोकेको छैन ।
प्राधिकरणलाई छलफलमा नबोलाई एकपक्षीय सुनुवाईका आधारमा बाँकी बक्यौता नतिर पनि खारेज नगर्नु भनी सर्वोच्चले असार ३० गते यूटीएलको पक्षमा अन्तरिम आदेश दिएको थियो । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस