aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आजदेखि पाँच दिन विद्यालय खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ माघ २०७८
आजदेखि पाँच दिन विद्यालय खुल्ने

काठमाण्डौ ।  माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खुल्ने भएका छन् । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका हुन । पहिलो चरणमा खोप लगाउन छुटेका ११ देखि १७ वर्षका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड–१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस