काठमाडौं । बीमा समितिले जीवन बीमा ‘पोलिसी ल्याप्स’ ९बीमालेख नवीकरण नहुनु० को कारण खोज्ने भएको छ । व्यक्तिको संख्या बढ्दै गए पनि पोलिसी नवीकरण नहुने देखिएपछि समितिले कारण खोज्ने भएको हो ।
समितिसँग पोलिसी ल्पाप्स सम्बन्धी यकीन तथ्यांक भने छैन । त्यसैले यस्ता विषयलाई दृष्टिगत गर्दै ‘पोलिसी ल्याप्स’ सम्बन्धमा अनुसन्धान गर्ने योजना तय गरेको हो ।
अनुसन्धान मार्फत पोलिसी ल्याप्स हुनुका कारण र ल्याप्स रेसियो पनि गणना गरिने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले भने, ‘अनुसन्धानबाट प्राप्त नतीजाका आधारमा ल्याप्स रेसियो घटाउन आवश्यक पहल गरिनेछ ।’
नीति तथा कार्यक्रममा बैंकासुरेन्स सम्बन्धी विषयलाई भने सम्बोधन गरिएको छैन । नेपालमा यसको अभ्यास पाँच वर्षभन्दा बढी समयदेखि हुँदै आए पनि यस सम्बन्धी नीतिगत व्यवस्था छैन ।
सम्बन्धित निकायहरूले यसबारे आवश्यक नीतिगत व्यवस्था गर्न समितिसँग माग गर्दै आएका छन् । कार्यकारी निर्देशक पौडेलले भने, ‘अहिले बीमा विधेयक, २०७५ प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ । त्यो ऐन लागू भएपछि बैंकासुरेन्स सम्बन्धी नीति ल्याउँछौं ।’
समितिले अन्तरराष्ट्रिय स्तरको सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको बताइएको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस