aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

एमसीसी पास नगराए पाँच दलिय गठबन्धन तोड्ने देउवाको चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
एमसीसी पास नगराए पाँच दलिय गठबन्धन तोड्ने देउवाको चेतावनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नगरे हालको सरकार गठबन्धन तोड्ने चेतावनी दिएका छन् । आफू बाध्यात्मक अबस्थामा रहेको भन्दै उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिएका हुन।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै उनले शनिबार भएको गठबन्धन बैंठकमा आफू संकटमा परेको बताएका थिए । 

गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।छन् ।

प्रतिक्रिया दिनुहोस