
एजेन्सी । कोभिड १९ का कारण अहिले मानिसहरुले धमाधम विवाह रद्द गरिरहेका छन् । तर, भारतको एउटा जोडी भने नितान्तै नौलो ढंंगले वैवाहिक बन्धनमा बाँधिने घोषणा गरेको छ । तमिल नाडुका दिनेश शिवकुमार पद्मावती र जनगननधिनी रामाश्वामी मेटाभर्सका माध्यमबाट विवाह गर्न लागेका हुन् ।
महामारी बढेपछि राज्य सरकारले सरकारले बढीमा १०० जनालाई मात्र विवाहमा सहभागी हुन अनुमति दिएको छ । तर, आगामी महिना हुने भर्चुल रिसेप्सनमा उनीहरुले दुई हजारलाई निम्तो दिएका छन् । ह्यारी पोटरका प्रशंसकसमेत रहेको यो जोडीले एउटा जादुमय पार्टी आयोजना गर्दैछन्, जहाँ अतिथिहरु फोन, ट्याबलेट वा ल्यापटपमार्फत सहभागी हुन सक्नेछन् ।
‘महामारीले गर्दा ठूलो संख्यामा मानिसह्ररुको भौतिक उपस्थितिसहितको वास्तविक भोज सम्भव छैन्,’ दिनेश एसपी नामलेसमेत चिनिने पद्मावतीले सीएनएनलाई भने, ‘तसर्थ यसलाई मेटाभर्स बनाउने निर्णय ग¥यौं ।’
मेटाभर्स भनेको भर्चुअल वातावरणलाई थ्रीडीमा प्रस्तुत गर्नु हो, जहाँ प्रयोगकर्ताहरु भेला हुन र अन्तरक्रिया गर्न सक्छन् । यसमा प्रयोगकर्ताहरूले डिजिटल अवतारमा एक अर्कालाई भेट्न सक्छन् । यसमा हरेक व्यक्तिको आफूजस्तै देखिने डिजिटल अवतार हुन्छ ।
क्रिप्टोकरेन्सीमा रुची राख्ने २४ वर्षीय दिनेशले स्टार्टअप प्लेटफर्म टार्डीभर्ससँग सहकार्य गरेर आफ्नो विवाह गर्ने स्थलमा ह्यारीपोर्टर शैलीको महल निर्माण गरेका छन् ।
कानुनी विवाह भौतिक रुपमा नजिकका साथीभाइ र छिमेकीका अगाडि तमिलनाडुको कृष्णगिरी जिल्लाको रामाश्वामी गाउँमा हुनेछ । यसपछि सो जोडी उनीहरुको भोजमा सहभागी हुन लग अन गर्नेछन्, जसलाई डिजाईन, डेभलप र होस्ट गर्न एक लाख ५० हजार भारु लग्नेछ । एक घन्टा लामो सो कार्यक्रममा नवविवाहित जोडीले अतिथिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।
डिजिटल उत्सवको अनौठो विशेषता छ । किनकी समारोहमा दिनेशका स्वर्गीय ससुरालाई पनि सहभागी गराइने भएको छ । ‘गत अप्रिलमा मेरा हुनेवाला ससुरा वुवा बित्नु भयो,’ पद्मावती भन्छन्, ‘तसर्थ, मैले उहाँको जस्तै ३ डी अवतार सृजना गर्र्दैछु । उहाँले म र मेरा हुनेवाला पत्नीलाई आर्शीवाद दिनुहुनेछ । यसलाई हामीले मेटाभर्समा मात्र प्रस्तुत गर्न सक्छौं ।’
यस्तो किसिमको विवाह भारतमा पहिलो पटक आयोजना हुँदैछ । विवाहका लागि दुबै जनाले आफ्ना अभिभावकसँग अनुमति लिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस