aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस् :शिक्षामन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ माघ २०७८
आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस् :शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन ।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिए ।
 
‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनप¥यो ।’१० औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए । अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गरे । 

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्री पौडेलले भने, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’ मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्नेमा जोड दिए । 

सोही क्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालले पारर्दशीता र सुशासनमा छुट नहुने भन्दै नियमविपरित भए मन्त्रालयले दण्डित गर्ने बताए ।  ‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’ उनले भने, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।’
 

प्रतिक्रिया दिनुहोस