
काठमाडौं । राज्यको सम्पत्ति कसरी दोहन भइरहेको छ भन्ने ज्वलन्त उदाहरण पशुपतिस्थित गौशाला धर्मशाला पनि हो, जुन १८ वर्षदेखि कौडीको भाउमा मारवाडी सेवा समितिलाई भाडामा दिइएको छ । गौशाला चोकमै रहेको नौ रोपनी नौ आना जग्गामा बनेका भवनबाट पशुपति क्षेत्र विकास कोषले मासिक चार हजार दुई सय ५० रुपैयाँ मात्रै भाडा पाउँछ । जब कि त्यही सम्पत्तिबाट मारवाडी सेवा समितिले करिब ५० लाख मासिक आम्दानी गरिरहेको छ ।
पशुपति क्षेत्र विकास कोषले अमलकोट कचहरी गुठीअन्तर्गत रहेको जग्गा र धर्मशाला १२ जेठ ०६० मा मारवाडी सेवा समितिलाई सञ्चालन गर्न दिने सम्झौता गरेको थियो । यो सम्झौता पनि पशुपति क्षेत्र विकास कोष ऐनविपरीत छ । किनभने ऐनको दफा १८९क० मा आफ्नो कार्य सञ्चालनको सिलसिलामा कुनै स्वदेशी वा विदेशी संस्था वा निकायसँग सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्ने उल्नेख छ । तर, सरकारसँग अनुमति लिएको छैन । पशुपतिनाथ ९त्रिशूल छाप० गुठीका नाममा दर्ता भएको कित्ता नम्बर ८३ को चार रोपनी १५ आना दुई पैसा र कित्ता नम्बर ८५ को चार रोपनी १० आना क्षेत्रफल जग्गामा धर्मशाला छ ।
पशुपतिमा वि।सं। १९९७ देखि गौशाला धर्मशालाका नामबाट धर्मशाला सञ्चालन भएको थियो । त्यही धर्मशालालाई गौशाला धर्मशालाको उद्देश्यअनुरूप चिरकालसम्म निरन्तर चल्दै जाओस् भन्ने वाक्य सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौतापत्रमा वार्षिक ५१ हजार सहयोगस्वरूप मारवारी सेवा समितिले कोषलाई दिने उल्लेख छ, भाडा कति भन्ने उल्लेख नै छैन । त्यसकै आधारमा मारवाडी समितिले अहिलेसम्म सरकारी सम्पत्ति दोहन गरिरहेको छ । धर्मशालाले आर्थिक वर्ष ०७५र७६ मा मात्रै चार करोड ४५ लाख आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
‘गौशाला धर्मशालाको उद्देश्यअनुरूप सञ्चालन हुने, दोस्रो पक्षले वार्षिक सहयोग रु। ५१,०००।– ९अक्षरेपी एकाउन्न हजार मात्र० रकम उपलब्ध गराउने, पशुपतिमा चढाइएका साँढेहरूलाई परम्पराअनुसार सहयोग गर्ने, गौशाला धर्मशालाका नामबाट भू–बहाल व्यहोर्ने’जस्ता अमूक विषय करारका सर्तमा राखिएको छ ।
धर्मशालाको मुख्य भवनको बाहिर १९ सटर ९गौशाला–चाबहिल सडकमा १२ र गौशालाचोकदेखि–रातोपुल जाने मूल सडकमा सात जोडिएका० छन् । मारवाडी सेवा समितिले तिनै सटरबाट लाखौँ कमाइरहेको छ । उसले १२ सटर औसत ३५ हजार र सात सटर औसत २२ हजारका दरले भाडामा लगाएको छ । अर्थात् सटरबाट मात्रै मासिक भाडा कम्तीमा पाँच लाख ८८ हजार उठाइरहेको छ ।
धर्मशालामा वास बस्नका लागि दुई सय ७० कोठा छन् । प्रतिकोठाको शुल्क चार सयदेखि एक हजारसम्म तोकिएको छ । २० बेड रहेको हलको शुल्क दुई हजार पाँच सय तोकिएको छ । मारवाडी सेवा समितिका अनुसार अटेच बाथरुमसहितका कोठाको प्रतिदिन आठ सय, साधारणको पाँच सय, साधारण साना कोठाको चार सय, नयाँ भवनमा बनाइएका साधारण कोठाको ६ सय, बी–४३ कोठाको एक हजार र टायल कोठाको सात सय शुल्क तोकिएको छ । कोरोना माहामारीमा पनि ७० देखि सय कोठासम्म बुक भइरहेको समाजकै तथ्यांक छ । यसबाट मात्रै मासिक ३० लाखसम्म भाडा उठ्छ । यसका अतिरिक्त साधारण खानाको एक सय १० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, धर्मशालाको उत्तरतिर गौशाला छ, जहाँ दुई सय गाई पालिएका छन् । अहिले ६० गाई दुहुना रहेको र दैनिक पाँच सय लिटर दूध बिक्री हुने गरेको धर्मशालाका पदाधिकारी बताउँछन् । सरकारी रेट प्रतिलिटर ७६ रुपैयाँअनुसार पनि मासिक साढे ११ लाख ९वार्षिक डेढ करोड०को दूध बिक्री हुन्छ ।
धर्मशालाका सुपरिटेन्डेन्ट जयन्त सुब्बाले महामारीका वेला पनि दैनिक सयवटा कोठाजति बुक हुने बताए । ‘पशुपति दर्शन गर्न आउनेहरू यहीँ धर्मशालामा बस्छन्, तर अहिले कोभिडका कारण कम मान्छे आउँछन्,’ उनले भने, ‘अहिले वैदेशिक रोजगारीमा जाने र फर्कनेहरू बस्न आउँछन् । अनुमानित ७० देखि सय कोठासम्म बुक भइरहेका छन् ।’ तर, गाईको दूधबाट गौशालाको खर्च पनि नपुग्ने उनको भनाइ छ ।
पशुपतिनाथ अमालकोट कचहरी सुरुमा पशुपतिनाथका मूल भट्ट ९रावल० अन्तर्गत रहेकोमा पछि गुठी संस्थान ऐन, २०२१ र २०३३ आएपछि गुठी संस्थानअन्तर्गत र ०४९ देखि पशुपति क्षेत्र विकास कोषअन्तर्गत रही काम गर्दै आएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशाला भाडामा दिएको विषयमा छानबिन भइरहेको बताए । नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस