
काठमाडौं । एक हप्ताअघि प्रतिदिन ५० प्रतिशत रहेको कोरोना संक्रमण आइतबार २७ प्रतिशतमा झरेको छ । संक्रमण ओरालो लाग्ने संकेत देखिएसँगै आर्थिक क्रियाकलाप समेत बढ्ने भएको छ ।
जोखिम कायम रहे पनि संक्रमण भने घट्दै गएपछि आर्थिक क्रियाकलाप पुनः लयमा फर्कने देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित स्वास्थ्य रिपोर्टमा एक हप्ताअघि १० हजार भन्दा बढी व्यक्ति संक्रमित हुने गरेकोमा आइतबार सो संख्या ३ हजार ५ सय ४० सीमित भएको छ । मन्त्रालयकी प्रवक्ता डा। संगिता मिश्राले कोरोना संक्रमण घट्दै गएको देखिए पनि जोखिम भने कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड र खोप लगाउन अनुरोध गरेकी छन् ।
गत २४ घण्टामा १३ हजार १ सय ४५ जनामा गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा ३ हजार ५ सय ४० संक्रमित भएका छन् । यो अवधिमा ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएर फर्किएको मन्त्रालयले जनाएको छ । भक्तपुर, ललितपुर र काठमाडौसहित ५ सय भन्दा बढी संक्रमित उपचाररत भएका जिल्लाहरुको २० भन्दा बढी रहेको छ । यसैगरी २ सय भन्दा बढी संक्रमित उपचार गरिरहेका जिल्लामा १६ जिल्ला रहेका छन् ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी० ले मानिसको भेटघाट र भेलालाई सीमित व्यक्तिमा केन्द्रित गर्न सरकारलाई सिफारिस गरेपछि गृह मन्त्रालयले स्वास्थ्यका विभिन्न मापदण्ड पालना गराउने नियम बनाएको छ । सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने नियम बनाएको छ । खोप कार्ड अनिवार्य गरेपछि स्वास्थ्य मन्त्रालयले खोप अभियानमा अझ प्रभावकारी बनाएको छ । संक्रमण बढ्दै गएपछि राजधानी तथा जिल्ला अस्पताल र खोप केन्द्रमा मानिसको भिड लाग्ने गरेको छ ।
हाल कुल देशभरको लक्षित जनसंख्याको ७० प्रतिशतले समेत पूर्णमात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ । सीसीएमसीले कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरेर जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि र एकीकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सुझाव दिएपछि सरकारले विभिन्न स्वास्थ्य मापदण्ड लागु गरेको छ ।
प्रतिक्रिया दिनुहोस