काठमाडौं । नेपालमा मेडिकल शिक्षा अन्य शिक्षाभन्दा धेरै महगो मानिन्छ । जसमा एमबीबीएस पुरा गर्न करिब ७२ लाख रुपैयाँ लाग्ने गरेको छ । सरकरले तोकेको ४० लाखको हाराहारीमा भएपनि निजी मेडिकल कलेजले थप शुल्क लिनेगरेकाले मेडिकल शिक्षाको शुल्क दोब्बर पुग्ने गरेको छ ।
यसको अर्को कारण निजी मेडिकल कलेजहरूमा चिकित्सा शिक्षाको लागत पनि निकै महँगो छ । देशको निजी मेडिकल कलेजमा पढ्दा करिब एक करोड रुपैयाँ भारु खर्च लाग्छ । जहाँ युक्रेन जस्ता देशमा २५ लाख रुपैयाँ भारुमा मेडिकल शिक्षा पुरा हुन्छ ।
भारतको एक निजी मेडिकल कलेजमा पढ्नको लागत एक करोडभन्दा बढी छ । अमेरिकामा सातदेखि आठ करोड भारु र अष्ट्रेलियामा चार करोड रुपैयाँ भारु छ । रुस, युक्रेन, नेपाल, चीन, फिलिपिन्स वा बंगलादेशमा अध्ययन गर्दा लागतको एक चौथाइ मात्र खर्च हुन्छ ।
प्रतिक्रिया दिनुहोस