aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बागमती प्रदेशः  अर्थमा सिलवाल र विकास, शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
बागमती प्रदेशः  अर्थमा सिलवाल र विकास, शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतिमा पोखरेल

हेटौडा । बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन । प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उहाँहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।

 दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो । उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए । उनीहरू दुवैजना काठमाडौँ निवासी हुन । 

दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका छन । 

प्रतिक्रिया दिनुहोस