aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मन्त्रि आलेको आडमा पशुपति क्षेत्र विकास कोषमा ब्रम्हलुट, क्रिस्चियन छिर्ने चर्चाले थप्यो चिन्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
मन्त्रि आलेको आडमा पशुपति क्षेत्र विकास कोषमा ब्रम्हलुट, क्रिस्चियन छिर्ने चर्चाले थप्यो चिन्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका कोषध्यक्ष नारायण सुवेदीले मन्त्रीको आडमा बदमासी गर्न थालेका छन् । कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेका सामान रातारात गायव गराएपछि उनको कर्तुतको चर्चा चुलिएको हो।

कोष सम्बद्ध स्रोतका अनुसार सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू भाडा नै नअसुली अन्यत्र सार्न दिएका छन्। नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, 'मन्त्री आलेको आतंक मच्चिएको बेला उनका मान्छेको कर्तुत बारे कसले बोल्ने ? कसले सुन्ने ?'

गएको कात्तिकसम्मकै भाडाबापतको ८५ लाख २४ हजार ४७ रुपैयाँ रकम प्राणनाथ क्याफेले तिर्न बाँकी रहेको कोषले जनाएको छ । तर, कोषाध्यक्ष सुवेदीले कोषका सुरक्षाकर्मी र आफ्नो पार्टी निकटका कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ४० लाख रुपैयाँसम्म पर्ने सामग्रीहरू विना मुचुल्का अन्यत्र लान दिएका हुन् ।

मन्त्री आलेले कोषाध्यक्ष बनाएपपछि छुट्टै रवाफ देखाउन थालेका सुवेदीले यसअघि नै पशुपति कोषमा ट्रेड युनियन समेत छिराइसकेका छन् । आफुलाई केहि अप्ठ्यारो पर्दा कर्मचारीको साथ लिने उदेश्यले उनले त्यो काम गरेको कोषका अन्य सदस्यको बुझाई रहेको छ। धेरैजसो संस्थामा कर्मचारीको ट्रेड युनियनले गर्दा पदाधिकारी र सञ्चालकलाई काम गर्न गाह्रो हुने देखिईरहेका बेलामा कोषाध्यक्षले नै ट्रेड युनियन खोल्न सक्रियता देखाएपछि उनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ ।

उता कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई मन्त्री आलेले हटाउने तयारी गरिरहेको बुझिएको छ । मन्त्रीले कोषका सदस्य सचिव डा मिलन कुमार थापालाई समेत कारवाही गर्दै घोषणा त उनले यसअघी सार्वजनिक रुपमा नै गरिसकेका छन्। यसरी मन्त्रीले हालका पदाधिकारी हटाएर नियुक्त गर्न लागेका पात्रहरुका कारण मन्त्रालयमा भने ठुलै चिन्ता थपिएको छ। मन्त्रालय स्रोतका अनुसार पुशपति क्षेत्र विकास कोषमा मन्त्री आलेले क्रिस्चियनहरुले सिफारिस गरेका व्यक्तिलाई नियुक्त गर्ने तयारी समेत गरिसकेका छन्।  

मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, ‘हामि त के कुरा बुझ्दा रहेछौं र खेल त डरलाग्दो पो रहेछ। क्रिस्चियनलाई पशुपती विकाश कोषको जिम्मा दिने भनेपछी कुरा सकिएन र १ हामी सबै चिन्तित छौं, तर बोल्न सक्दैनौ। अनेकौं बितण्डा मच्चाएर उनै मिडियामा हिरो बनेका छन्।’ पहिले आफु लोकप्रिय बन्ने र पछि सुटुक्क ठुलो रकम कुम्ल्याएर संस्कृति नै मास्ने दाउमा त् कतै मन्त्री लागेका होइनन् भन्ने चिन्ता अहिले उनलाई नजिकबाट नियाल्नेहरुले गरिरहेका छन्। त्यसो त ब्यापारी पृष्ठभूमिबाट आएका कारण पनि मन्त्री आलेले द्रव्यलाई केन्द्रमा राखेर नै अनेकौँ  नाटक मन्चन गरिरहेको अनुमान लगाउनेको पनि कमि छैन।

प्रतिक्रिया दिनुहोस