aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा बजेट भाषण अघि शेयर बजारमा बुम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
भारतमा बजेट भाषण अघि शेयर बजारमा बुम

एजेन्सी । भारतमा बजेट आउनुअघि नै सेयर बजार तीव्र गतिमा खुलेको छ । मंगलबार पहिलो व्यापारिक घण्टामा सेन्सेक्स ८५० र निफ्टी २०० अंक भन्दा बढि बढ्यो ।  सेन्सेक्स नै ६३१ अंकले बढेको थियो । पहिलो मिनेटमै लगानीकर्ताले २.५ लाख करोड रुपैयाँ कमाए । 

सोमबारको मार्केट क्याप २६४.४५ लाख करोड रुपैयाँ थियो । जुन आज २६७ लाख करोडभन्दा माथि छ । अर्कोतर्फ नेसनल स्टक एक्सचेन्जको निफ्टी २३० अंकभन्दा बढीले बढेर १७ हजार ५ सय ७३ मा कारोबार गरिरहेको छ । यसको अधिकांश शेयर नाफामा कारोबार भइरहेको छ ।

प्रमुख नाफामा आईसीआईसीआई बैंक, इन्डसइन्ड बैंक, एचडीएफसी, इन्फोसिस, सन फार्मा र कोटक बैंक छन्। यसबाहेक एचडीएफसी बैंक, बजाज फिनसर्भ, लार्सन एण्ड टुब्रो, अल्ट्राटेक सिमेन्ट, एचसीएल टेक, बजाज फाइनान्स पनि बढेको छ । रिलायन्स इन्डस्ट्रिज, मारुती, टाइटन, एसबीआई र पावरग्रिडको शेयरमा सामान्य वृद्धि भएको छ ।
 

प्रतिक्रिया दिनुहोस