aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतको बजेटले के महगो र के सस्तो बनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
भारतको बजेटले के महगो र के सस्तो बनायो

एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले कोरोना महामारीको तेस्रो लहरको बीचमा २०२२–२३ को सामान्य बजेट प्रस्तुत गरेकी छन् । यो बजेटमा सरकारले इलेक्ट्रोनिक्स क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने कुरामा जोड दिएको छ । बजेटमा कतिपय वस्तुमा आयात शुल्क बढाएपछि ती वस्तु महँगो भएका छन् । सरकारले केही वस्तुको आयात शुल्क पनि घटाएको छ ।

अर्थमन्त्रीले मोबाइल फोन चार्जर, मोबाइल फोनको क्यामेरा लेन्स, ट्रान्सफर्मरको स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्सार महसुलमा छुट दिने घोषणा गरेका हुन् । मोबाइलका पार्टपुर्जा सस्तो भएकाले मोबाइल पनि सस्तो हुने अपेक्षा गरिएको छ ।

ज्वेलरी उद्योगलाई प्रोत्साहन दिन सरकारले काटिएका र पालिश गरिएको हिराका रत्नमा लाग्ने भन्सार महसुल ५ प्रतिशतमा झारेको छ । साथै, सिम्पली सन्ड डायमण्डमा कुनै भन्सार शुल्क लाग्ने छैन। वस्तु महँगो हुँदै गएको भन्दै सरकारले छातामा भन्सार बढाएर २० प्रतिशत पु¥याएको छ । अर्थात् आयातित छाता महँगो हुनेछ ।

अहिले ९० प्रतिशत वस्तुको मूल्य जीएसटीले तोके पनि विदेशबाट आयात हुने वस्तुमा आयात शुल्कको प्रभाव कायमै रहेको र बजेटमा घोषणा गरिएको हो । त्यसैले बजेट घोषणाले पेट्रोल, डिजेल, एलपीजी, सीएनजीलगायत आयातित मदिरा, छाला, सुनचाँदी, इलेक्ट्रोनिक सामान, मोबाइल, केमिकल, सवारीसाधनलगायतका वस्तुको मूल्यमा प्रभाव पार्ने छ । 
 

प्रतिक्रिया दिनुहोस