aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतको २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ माघ २०७८
भारतको २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण

नयाँदिल्ली ।  भारतमा अर्थमन्त्री निर्मला सितारमणले सन् २०१९ पछिकै सबैभन्दा छोटो बजेट भाषण गरेकी छिन । मंगलबार संघीय संसद्‌मा गरिएको बजेट भाषण एक घण्टा ३१ मिनेट मात्रको रहेको थियो । जबकी अघिल्लो वर्षको बजेट भाषण एक घण्टा ४८ मिनेटको रहेको थियो । त्यसैगरी सन् २०२० को बजेट भाषण भने दुई घण्टा ४० मिनेटको रहेको थियो । 

अर्थमन्त्री सितारमणले लोकसभामा मंगलबार सन् २०२२—२३ को बजेट भाषण प्रस्तुत गर्दै विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेकी छिन । मंगलबार सार्वजनिक गरिएका योजना तथा कार्यक्रमहरूबाट भारतको अर्थतन्त्र बलियो हुने र आगामी २५ वर्षका लागि आधार तय हुने उनले दावी रहेको छ ।

अर्थमन्त्री सितारमणले आगामी चुनौतीहरू सामना गर्न भारत सक्षम अवस्थामा रहेको पनि बजेट भाषणका क्रममा उल्लेख गरे  । भारतले सार्वजनिक लगानी बढाउदै आधुनिक भौतिक संरचनाहरू निर्माणका लागि कार्यक्रमहरू केन्द्रित गरेको उनको भनाई थियो । 

आगामी वर्षका लागि बजेटको अर्को मुख्य प्राथमिकताको क्षेत्र “प्रधानमन्त्री गति शक्ति” कार्यक्रम रहेको पनि उनले जानकारी दिए । गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्ग लगायतको विकास‚ निर्माण र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।

भारतको संघीय सरकारको मन्त्रिपरिषद्ले मंगलबार नै बजेट प्रस्ताव पारित गर्दै संघीय संसद्‍मा पेश गर्ने निर्णय गरेको थियो ।  बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री सितारमणले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नु भएको थियो । प्रस्तुत बजेटका बारेमा सरोकारवाला तथा विज्ञहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । 

बजेट प्रस्तावमाथिको पहिलो चरणको छलफल आगामी फेब्रअरी ११ सम्म गर्ने र दोस्रो चरणको छलफल मार्च १४ देखि अप्रिल ८ सम्म गर्ने तालिका बनाइएको संसद् सचिवालयले जनाएको छ ।  एएनआई

प्रतिक्रिया दिनुहोस