काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्थगित परिक्षा पुन सञ्चालन गर्ने भएको छ । मंगलबार सार्वजनिक गरेको सूचना अनुसार पौष र माघ महिनामा सञ्चालन गर्ने भनेका स्नातक तह प्रथम, दोस्रो र तेस्रो खण्ड परिक्षा सञ्चालन गर्ने भएको हो ।
त्यस्तै, आर्किटेक्चर चौथो वर्ष दोस्रो खण्डका पुन परिक्षाहरुमध्ये कोभिड १९ का कारण स्थगित भएको तेस्रो वर्ष दोस्रो खण्ड र आर्किटेक्टर चौथो वर्ष दोस्रो खण्डका पुन परिक्षाहरु फागुन ४ गतेदेखि सञ्चालन गर्ने त्रिविले जारी गरेको सूचनामा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस