
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँले बढाएको हो ।अब एक लिटर पेट्रोलको भाउ १ सय ४२ रुपैयाँ पर्ने भएको हो । डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ ।
पेट्रोलियम पदार्थको मूल्य नेपालमा अहिलेसम्मकै महगो भएको छ । यसभन्दा पहिला २०७० मा १४० रुपैयाँ प्रति लिटरसम्म पुगेको थियो । निगमले यसअघि माघ ५ गते तेलको भाउ बढाएको थियो ।
नयाँ मूल्यसूची अनुसार अब आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
भारतीय आयल कर्पोरेशनले आज नै नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । प्रत्येक महिनाको १ र १५ तारिखमा पठाउने कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो ।
प्रतिक्रिया दिनुहोस