
एजेन्सी । पछिल्लो २४ घण्टामा अधिकांश क्रिप्टोकरेन्सीमा गिरावट आएको छ । बिटक्वाइन, इथरियम र कार्डानो जस्ता प्रमुख क्रिप्टोकरेन्सीहरूमा ठूलो गिरावट आएको हो । आज अर्थात बुधबार दिउँसो ३ बजे बिटक्वाइन ०.९४ प्रतिशतले घटेर ४९.३८ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यस अवधिमा यसको मूल्य ४६ हजार ७ सय ४३ रुपैयाँले घटेको छ । इथरियमको कुरा गर्दा यो पनि ०.५१ प्रतिशतले घटेर ३.५४ लाख रुपैयाँमा झरेको छ ।
टिथर आज ०.४९ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा ०.३९ रुपैयाँले बढेर रु ८०.५० पुगेको छ । अर्कोतर्फ सिक्का ०.४९ प्रतिशत र पोल्काडोट २.९१ प्रतिशतले बढेको छ । भारतमा क्रिप्टोकरेन्सीबाट हुने आम्दानीमा अब ३० प्रतशित कर लाग्ने छ । यसबाहेक, क्रिप्टोकरेन्सीसँगको कारोबारमा १% टीडीएस पनि लगाइनेछ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार आफ्नो बजेट भाषणमा यो जानकारी दिएकी हुन् ।
प्रतिक्रिया दिनुहोस