aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

बैंकमा राजनीति गर्ने व्यक्ति पशुपति विकास कोषमा छिरेपछि पशुपति राजनीतिको क्रिडा स्थल बन्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
बैंकमा राजनीति गर्ने व्यक्ति पशुपति विकास कोषमा छिरेपछि पशुपति राजनीतिको क्रिडा स्थल बन्दै

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा कर्मचारी युनियनको अध्यक्ष भएर सेवा निवृत्त भएका नारायणप्रसाद सुवेदी पशुपति क्षेत्र विकास कोषको कोषध्यक्ष भएका छन् । उनी बैंकमा रहदा लामो समयसम्म कर्मचारीबीचमा राजनीति गरेका हुनाले उनी विकास कोषमा जाने वित्तीकै ट्रेड युनियन गठन गरेका छन । धेरैजसो संस्थामा कर्मचारीको ट्रेड युनियनले गर्दा पदाधिकारी र सञ्चालकलाई काम गर्न गाह्रो हुने बताछन् तर कर्मचारीलाई संगठित गरेर हातमा लिने बानी परेका सुवेदीले भने कोषमा कोषाध्यक्ष नियुक्त भए लगत्तै पहिलो काम नै ट्रेड युनियन खोल्न सक्रियता देखाए । 

कोषका नवनियुक्त कोषाध्यक्ष नारायणप्रसाद सुवेदीकै सक्रियताले कोषमा नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरूको ट्रेड युनियन गठन भएको हो । बाणिज्य बैंकमा उनको जागिर सकिए लगत्तै उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उनलाई कोषका कोषाध्यक्ष बनाएका थिए । 

सुवेदीले पदाधिकारीमा नियुक्त हुने बित्तिकै आफू निकट र अन्य कर्मचारीलाई सहयोग गर्ने लालसा देखाउँदै युनियन गठन गरेको स्रोतले जानकारी दिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको रूपमा रहेको ट्रेड युनियन नेकपा एकीकृत समाजवादी दल गठन भए पनि औपचारिक रूपमा दर्ता भने भएको छैन । उक्त सङ्गठनलाई कोषध्यक्षकै पहलमा औपचारिक रूपमा लैजान राष्ट्रिय भेलाको आयोजना गर्दै गरेको समेत कोषका कर्मचारी बताउँछन् । 

कोषका कोषाध्यक्ष सुवेदीले आफ्नो जिम्मेवारी भन्दा पनि राजनीति गर्नेतर्फ लागेको भन्दै अन्य कर्मचारीले आलोचना गरेका छन् । एकातिर कोषले आफ्नो दायित्व भुल्दै गएको छ भने अर्कातिर राजनीति गरेर कोषको माहोल नै बिगार्न खोजेको आरोप सुवेदीमाथि लाग्न थालेको छ ।  

नेकपा एकीकृत समाजवादीका नेता तथा हाल बागमती प्रदेशका सांसदले पशुपति क्षेत्र विकास कोषको जग्गामा सञ्चालन गरेको प्राणनाथ क्याफेले ८५ लाख भन्दा बढी तिर्न बाँकी हुँदाहुँदै उक्त क्याफेको सामान सार्न दिएर रकम उठाउन बेवास्ता गरेका छन् ।

यता पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले भने कोषको कोषध्यक्ष भएकाले सबै आर्थिक विषय उनले नै हेर्ने गरेको बताउँछन् । 

हिन्दुहरुको आस्थाको केन्द्रमा सुवेदीले राजनीति छिराएर आफ्नो राजनीतिक इच्छा पुरा गराउन लागि परेको कोषका एक कर्मचारीले बताए । उनले भने, 'अब पशुपतिलाई पनि इसाइकरण गर्न पनि पछि नपर्ने भए । यहा गरिएको राजनीतिकरण देख्दा अब पशुपति पनि इसाईलाई सुम्पने जस्तो देखिदै छ । '

प्रतिक्रिया दिनुहोस