aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सत्तारुढ गठबन्धन टुट्न नदिने तीन नेताको प्रतिबद्धता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
सत्तारुढ गठबन्धन टुट्न नदिने तीन नेताको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज साँझ भएको स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सो छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस