
एजेन्सी । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया (एलआइसी) को यस वर्षको अन्त्यसम्ममा ४३.४० लाख करोड रुपैयाँ भारुको मूल्याङ्कन आउने भएको छ । २०२७ सम्म यो बढेर ५८.९ लाख करोड रुपैयाँ भारु पुग्ने अनुमान गरिएको छ ।
लन्डनको ब्रान्ड फाइनान्सको रिपोर्टका अनुसार एलआईसी ब्रान्ड भारतको सबैभन्दा बलियो कम्पनीका रुपमा देखिएको छ । यस ब्रान्डको मूल्य ६४,७२२ करोड रुपैयाँ छ । यो विश्वव्यापी रूपमा तेस्रो शक्तिशाली बीमा ब्रान्ड बन्ने छ । ब्रान्ड मूल्याङ्कन प्रतिवेदनका अनुसार २०२१ मा कम्पनीले ३२ अंकले बढेर विश्वको सबैभन्दा मूल्यवान् ब्राण्डको आधारमा २०६ नम्बरमा पुगेको छ । २०२० मा यो २३८ नम्बरमा थियो ।
यस मूल्याङ्कन अनुसार २०२१ मा एलआईसी भारतको सबैभन्दा बलियो ब्रान्ड थियो । सन् २०२० को तुलनामा यसको ब्रान्ड भ्यालु ६.८ प्रतिशतले बढेको छ । जबकि सोही अवधिमा विश्वका शीर्ष १०० बीमा कम्पनीको मूल्य ६ प्रतिशतले घटेको छ । यो २०२० मा ४६२ बिलियन डलरबाट २०२१ मा ४३३ बिलियन डलरमा झरेको छ ।
विश्वका शीर्ष १० बीमा कम्पनीमध्ये ५ चीनका छन् । यसमध्ये, पिङ एन इन्स्योरेन्स सबैभन्दा उच्च मूल्याङ्कन भएको बीमा ब्रान्ड हो । तर, यसको ब्रान्डको मूल्य पनि २६ प्रतिशतले घटेको छ । दुई अमेरिकी बीमा कम्पनी शीर्ष १० मा छन्। । यो सूचीमा फ्रान्स, जर्मनी र भारतका एक–एक जना छन् ।
एलआइसी भारतको एक मात्र बीमा कम्पनी हो जुन विश्वभरका शीर्ष १० बीमा कम्पनीहरूको सूचीमा समावेश भएको छ । यस मूल्याङ्कनको आधारमा,एलआइसीको मार्केट क्याप २०२१ मा ३७ लाख करोड रुपैयाँ अनुमान गरिएको थियो । जबकि यो २०२० मा ३८.२ लाख करोड रुपैयाँ अनुमान गरिएको थियो ।
ब्रान्ड फाइनान्सको रिपोर्ट अनुसार यस वर्ष एलआईसीको मूल्य ४३.४० लाख करोड रुपैयाँ हुन सक्छ । देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी भइरहेको छ । कम्पनीले यस विषयमा अर्को साता सेबीलाई मस्यौदा पेश गर्ने सम्भावना छ । आईपीओ चैत मसान्तसम्म आउने अपेक्षा गरिएको छ । सरकारले यसमा ५ प्रतिशत शेयर बेचेर ४० देखि ५० हजार करोड रुपैयाँ उठाउने योजना बनाएको छ ।
यसअघि १० प्रतिशत बिक्री गरेर १ लाख करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको थियो। यसको क्ष्एइ मा, ज्ञण्% नीतिधारकहरूको लागि आरक्षित छ। अर्थात् करिब ४ देखि ५ हजार करोड रुपैयाँसम्मको शेयर पाउन सक्छन् । यसमा घद्द करोड नीतिहरू र ज्ञ.द्दछ लाख कर्मचारीहरू छन्। यसका लागि कम्पनीले १० मर्चेन्ट बैंकर नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस