aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिमलाई मारेको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिमलाई मारेको दावी

अमेरिका । राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल–हाशिमी अल–कुरैशीलाई  मारेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटर गर्दै मेरो निर्देशनमा हिजो राती अमेरिकी सेनाले उत्तरपश्चिम सिरियामा अमेरिकी जनता र हाम्रा सहयोगीहरूको रक्षा गर्न र विश्वलाई सुरक्षित स्थान बनाउन सफलतापूर्वक आतंकवाद विरोधी अभियान सञ्चालन गरेको छ।

राष्ट्रपति बिडेनले आफ्नो ट्वीटमा थप लेखेका छन्, 'हाम्रा सशस्त्र सिपाहीहरूको बहादुरीलाई धन्यवाद, इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल(हाशिमी अल(कुरैशीलाई मैदान मै मार्‍यौं। यस अपरेशनमा संलग्न सबै अमेरिकीहरू सुरक्षित रूपमा फर्किएका छन्।' 

प्रतिक्रिया दिनुहोस