aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

शिक्षकका लागि आवेदन दिने आज अन्तिम दिन, करिब २ लाख ३७ हजार जनाले आवेदन दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
शिक्षकका लागि आवेदन दिने आज अन्तिम दिन, करिब २ लाख ३७ हजार जनाले आवेदन दिए

काठमडौं । शिक्षक सेवा आयोगले माग गरेको प्राथमिक विद्यालय तहको आवेदन दिने आज अन्तिम दिन भएको  छ ।  झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि आवेदन माग गरेको थियो । विहीबारसम्म करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् ।  

हालसम्म माध्यमिक विद्यालय तहमा १ हजार ५ सय ५२ जनाका लागि ३५ हजार ५ सय ४५ र निम्न माध्यमिक विद्यालय तहको १ हजार ६ सय ६ जनाका लागि ८५ हजार ६ सय ३३ जनाले आवेदन फारम भरेका छन् ।

प्राथमिक विद्यालय तहमा १३ हजार २ सय ९७ जनाको माग भएकोमा हिजो बिहीबारसम्म १ लाख १५ हजार १ सय ६९ जनाले आवेदन दिएका छन् । आयोग मावि तहको परीक्षा चैत १५ गते, निमाविको चैत १७, प्राविको चैत १९ गते र खुला बढुवातर्फ २१ चैतमा परीक्षा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस