काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको लागि रातैभरी काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार राती धावनमार्गको स्थलगत अनुगमन र निरीक्षणका मिडियासहितको टोलीबाट गराएको छ ।
विमानस्थलको धावनमार्गमार्ग भइरहेको कामको गति देखाउन र यसको अवस्थाको जानकारी दिन प्राधिकरणले धावनमार्गकै स्थलगत अध्ययन गराएको छ ।

प्राधिकरणल यही चैत्र १८ देखि तीन महिना भित्रै सक्ने गरी धावनमार्गको काम सुरु गराएको छ । यो धावनमार्गको मर्मत गर्ने जिम्मा चिनियाँ ठेकदार कम्पनीले पाएको छ ।

रातभर एक सय जना भन्दा बढी कामदार खटिएर भइरहेकोयो धावनमार्ग मर्मत रहेक दिन ५० मिटरका दरले भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्विज गौतमले बताए ।
उनले भने ‘ धावनमार्ग निर्माणले गति लिइरहेको छ । यसको अवस्था कस्तो छ, के काम भएको छ र कसरी भएको छ भनेर देखाउन पत्रकारसहितको टिम आएको हो । मिडियाले पनि काम भइरहेको आफैंले देख्न सकुन भन्ने उद्देश्यले उक्त मिडिया टोलिलाई स्थलगत निरीक्षण गराएको प्राधिकरणको भनाइ छ ।
विमानस्थलको यो धावमार्ग पहिलोपटक पूर्ण पीच उप्काएर नयाँ राखिएको हो । यो यो धावनमार्ग मर्मतपछि वर्षातको समयमा हुने समस्या, बेलाबेलामा पीच उप्किएर हुने समस्यासहतिको चिन्ता नहुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस