aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सेल्फी खिच्ने हुँदा खोलाले बगायो युवती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
सेल्फी खिच्ने हुँदा खोलाले बगायो युवती

सेल्फी खिच्ने क्रममा तामाकोशी नदीमा खसेर शुक्रबार भक्तपुर महालक्ष्मी नगरपालिका ६ की १९ वर्षीया शर्मिला कर्माचार्यको मृत्यु भएको छ ।

मन्थली नगलपालिका २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदीको सेल्फी खिच्ने क्रममा कर्माचार्य तामाकोशी नदीमा खसेकी थिइन् ।

कोसीसमेत आउने गरी सेल्फी खिच्ने क्रममा नदीमा खसेर बगेकी कर्माचार्यलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मन्थली विमानस्थल नजिकबाट उद्धार गरी बाहिर निकालेको थियो ।

तर उद्धारपछि उपचारका लागि तामाकोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस