
एजेन्सी । लीना जलाल दुबईको अबुधाबीमा बस्ने एक भारतीय प्रवासीले भर्खरको ठूलो चिठ्ठा हाल पारेकी छिन । भारतको केरलाको त्रिचुर निवासी जलालले अबुधाबीमा भएको चिठ्ठको लक्कि ड्रमा २ करोड २० लाख रुपैयाँ जितेकी छन् । चिठ्ठाको योजना ‘उत्तम २२ मिलियन सिरिज २३६’ मा उनको टिकट नम्बर १४४३८७ छनोट भएपछि जलालले मेगा ड्र जितिन् ।
जलालले आफूले चिठ्ठा जितको बारेमा आफ्ना आमाबुवालाई जानकारी नगरेको बताइन् । “ म पक्कै पनि पैसासंग केहि दान गर्नेछु । तर, लगानीको गर्ने सन्दर्भमा के गर्ने भन्ने निर्णय गर्न बाँकी छ,उनले भनिन् ।
उक्त चिठ्ठा कार्यक्रमा अर्का भारतीय पनि भाग्यशाली भएका छन् । सुरैफ सुरुले दिहिराम १० लाख जिते । उनको टिकट नम्बर ३२७६३१ थियो । सुरैफ केरलाको मल्लपुरम जिल्लाका हुन् र उनले पुरस्कारको रकम अन्य २९ जनासँग बाँड्ने बताएका छन् । शीर्ष पाँच नगद पुरस्कारहरू, मेगा दिहिराम २२ मिलियन भारतीयले लगेका छन् ।
प्रतिक्रिया दिनुहोस