नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढ्दै गएपछि चिनियाँ हवाईसेवा कम्पनीको आँखा नेपालमा केन्द्रित हुन थालेकोछ ।
चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ । चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख छ ।
अहिले भने सातामा ५६ उडान हुँदै आएका छन् । समझदारीमा हस्ताक्षर भएको पााच् वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन भने चीनले आक्रामक रुपमा नेपालमा नेपालमा उडान थप गर्दै लगेको छ ।
नयाँ समझदारी अनुसार अब काठमाडौंमा सातवटा थप गरेर सातामा ७७ वटा बनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस