aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सरकारी नियुक्तीका लागि पैसाको बार्गेनिङ हुँदोरहेछ : मन्त्री आले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ माघ २०७८
सरकारी नियुक्तीका लागि पैसाको बार्गेनिङ हुँदोरहेछ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राजनीति गर्ने नेताहरूको को कारणले देश बिग्रिएको बताएका छन् । राजनीतिक नियुक्ति दिलाउनको लागि बार्गेनिङ गर्ने गरेको देखेको उनले बताए । मन्त्रीसँग नियुक्तीका लागि आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छे नियुक्त भएपछि काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने गरेको उनले आरोप समेत लगाए । 

लाभको पदमा पठाउनुपर्यो भने पहिल्यै बार्गेनिङ हुँनेगरेको आफूले थाहा पाएको उनले बताए । उनले भने, लाभको पद पाउनका लागि बार्गेनिङ भइसकेपछि उसले किन काम गर्छ त ? उसको मुख्य लक्ष्य हुन्छ कसरी कमाउने ? किन भने  उसले त मन्त्री र पार्टीलाई मोटो रकम बुझाएर आएको हुन्छ नि त । 

शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले लाभको पद पाउनका लागि बार्गेनिङ हुँनेगरेको बताएका हुन् ।  नेताहरूको चरित्र असल भएको भए र नेतापछि कर्मचारी प्रशासन भ्रष्ट भएको उनले आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस