aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टेस्लाको भारतमा आउने योजना फेल, भारतले मस्कको आग्रह मानेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ माघ २०७८
टेस्लाको भारतमा आउने योजना फेल, भारतले मस्कको आग्रह मानेन

एजेन्सी ।  विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कम्पनी टेस्लाको भारत प्रवेशको योजनालाई धक्का लागेको छ । भारत सरकारले टेस्लाको आयात कर छुटको मागलाई अस्वीकार गरेको छ । यसअघि टेस्लाका मालिक एलोन मस्कले ट्विटरमा एक प्रयोगकर्तालाई टेस्ला भारतमा कहिले लन्च हुने भनेर सोधेका थिए । जसको जवाफमा एलोन मस्कले आयात करको निर्णय गरेपछि मात्र टेस्ला भारत प्रवेश गर्ने बताएका थिए । अर्कोतर्फ, केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले पहिले नै स्पष्ट गरिसकेका थिए । यदि टेस्लाले कर छुट चाहन्छ भने, उसले पहिले भारतमा टेस्लाको उत्पादन कारखानाहरू स्थापना गर्नुपर्ने उल्लेख गरेका थिए ।

यसका लागि भारतसँग पहिलेदेखि नै नीति रहेको भन्दै सरकारले उनीहरुको मागलाई अस्वीकार गरेको छ । यस नीति अन्तर्गत अटो कम्पनीहरूले आंशिक रूपमा निर्मित सवारी साधनहरू भारतमा आयात गर्न र कम आयात शुल्कमा यहाँ एसेम्बल गर्न पाउनेछन् । 

टेस्लाको मोडल ३ को मूल्य अमेरिकामा ३९,९९० डलर छ । तर भारतमा आयात शुल्कसहित ६० लाख रुपैयाँ भारुसम्म लाग्ने छ । मूल्य धेरै भएको भारतले बताइरहेको छ ।  हाल भारतमा ३० लाख भारुभन्दा बढी मूल्यको कार आयात गर्दा बीमा, ढुवानी लागतलगायत शतप्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै, ३० लाखभन्दा कम मूल्यका गाडी आयात गर्दा ६० प्रतिशतसम्म आयात महसुल तिर्नुपर्नेछ ।

टेस्लाले आफ्नो कार्यालय पनवेल, मुम्बईमा दर्ता गरेको छ । कम्पनीले आफ्नो मोडल ३ इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो । योसँगै कम्पनीले यो इलेक्ट्रिक कारपछि अर्को इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस