
सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य ५४ प्रतिशत सम्पन्न भएको छ । अरुण तेस्रोको शिलान्यास गरिएको तीन वर्षमा निर्माण कार्य प्रगति ५४ प्रतिशत पुगेको हो । २०७५ वैशाख २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले स्वीचमार्फत काठमाडौँबाटआयोजनाकोसंयुक्तरूपमा शिलान्यास गरेका थिए ।
निर्माण सुरु भएको पाँच वर्षभित्र सम्पन्न गरिने यो आयोजना २०८० सालभित्र सम्पन्न भइसक्नु पर्नेछ ।उक्त सम्पन्न मितिभित्र नै निर्माणको काम सम्पन्न हुने दाबी छ । जम्मा ११ दशमलव आठ किलोमिटर सुरुङमध्ये सात दशमव ३० किलोमिटर खनिसकिएको छ ।
सुरुङभित्र प्लाष्टर गरेर पाईप जस्तो बनाइने छ । उक्त कार्य पनि सुरु भई हाल ७३४ मिटर प्लाष्टर भइसकेको जनाइएको छ । मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा दोभानमा बन्ने बाँध निर्माणको काम पनि तिव्र गतिमा भइरहेको छ ।
जम्मा २४ लाख ४२ हजार घनमिटर खाल्डो खन्नु पर्नेमा हालसम्म २३ लाख ३० हजार ४६० घनमिटर खाल्डो खनिसकिएको अरुण तेस्रोका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस