aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतीय बाँधबारे गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
भारतीय बाँधबारे गम्भीर ढंगले कुरा उठाउँछौं : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका बारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन् ।


नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन् ।


मन्त्री ज्ञवालीले एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए । यो खबर आजको नागरिक दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस