
काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । शेखरचन्द्र थापा बन, वातावरण तथा भू–संरक्षण मन्त्री बनेका छन । आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिँचाइ तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्बाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरे मन्त्री नियुक्त भएका छन् । यस्तै विष्णु तुम्बाहम्फे राज्यमन्त्री बनेका छन् ।
प्रतिक्रिया दिनुहोस