aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फागुन १ गतेदेखि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस, भोलिदेखि जोरविजोर हट्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ माघ २०७८
फागुन १ गतेदेखि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस, भोलिदेखि जोरविजोर हट्दै

काठमाडौं । कोभिड–१९ निर्देशक समिति (सीसीएमसी)ले यातायातमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले सोमबार देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले आर्थिकन्युज डटकमलाई जानकारी दिइन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । 

त्यस्तै, रात्रीकालिन व्यवसाय रेस्टुरेन्ट, डान्स बार लगायतका व्यवसाय फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई र गृहमन्त्राललाई सिफारिस गरिएको प्रवक्ता नेपालले बताइन । रात्रीकालिन व्यवसाय डान्स बार वा रेस्टुँरेन्ट सञ्चालन गर्दा रात्री १० बजेसम्म सञ्चालन गर्न पनि सिफारिस गरिएका उनले बताइन । 

त्यस्तै, फागुन १ गतेदेखि शैक्षिक संस्थाहरु सञ्चालन गर्नका लागि सिफारिस गरिएको छ । विद्यालयको हकमा १२ वर्षभन्दा कम उमेरका विद्यार्थीहरुलाई भने आलो पालो प्रणालीमा विद्यालयमा कक्षा लिन लगाउने गरि सिफारिस गरिएको प्रवक्ता नेपालले जानकारी दिइन । 

त्यस्तै, पार्टी प्यालेसहरुमा पनि क्षमताको ५०प्रतिशत वा १०० जना संख्या नबढ्ने गरि व्यवसाय सञ्चालन गर्नका लागि सम्बन्धीत निकायलाई सिफारिस गरिएको उनले बताइन । खेलकुद क्षेत्रमा पनि क्षमताको ५० प्रतिशत दर्शकका साथमा खेलकुद कार्यक्रम सञ्चालन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरिएको उनले बताइन ।  त्यस्तैगरि, खोप कार्ड हराएकाहरुका लागि अभिलम्ब खोप कार्ड उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरिएका उनले जानकारी दिइन । 

प्रतिक्रिया दिनुहोस